• मंगलबार-जेठ-८-२०८१

प्रत्यारोपण केन्द्र : बाहिर नाराबाजी, भित्र वार्षिकोत्सव !

 

काठमाडौं । डा. पुकारचन्द्र श्रेष्ठले नेतृत्व गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हिजोआज गाइजात्रा प्रदर्शन हुँदैछ । स्वास्थ्य सेवा ऐन अनुसार सरकारी सेवा गर्ने उमेर हद पूरा भएर पनि केन्द्रको निर्देशक रहँदै आएका श्रेष्ठको कारण मुलुकको सबैभन्दा पुरानो मिर्गौला प्रत्यारोपण केन्द्र भक्तपुरमा विरोध र बेथितिका घटना बढ्दै गएका छन् । जसका कारण मिर्गौला, कलेजो रोगीको उपचार तथा प्रत्यारोपण कार्यमा समस्या परेको गुनासो पीडितहरुले गरेका छन् । अस्पतालले मुटु रोगीको विशेषज्ञ सेवा उपचार दिन सकिरहेको छैन ।


  केन्द्रले २०८१ बैशाख ११ गते मंगलबार केन्द्र स्थापनाको १२औं वार्षिक उत्सव मनाएको थियो । निर्देशक श्रेष्ठको नियुक्ति, अनियमिततालगायतका विषयमा अस्पतालका चिकित्सक, कर्मचारी र अन्य प्राविधिक कर्मचारीले वार्षिकउत्सव कार्यक्रमको बिरोध गर्दै नारानावाजी गरेका थिए । निर्देशक श्रेष्ठको कार्यशैलीलाई लिएर वार्षिकोत्सब कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र सचिव डा. रोशन कुमार पोखरेल सहभागिता जनाएनन् । रोचक कुरा त के छ भने मन्त्रालयका सचिव अस्पतालको अध्यक्ष रहने कानूनी व्यवस्था छ । अध्यक्ष नै कार्यक्रममा उपस्थित नहुनुले विभिन्न आशंका उत्पन्न गराएको छ ।


 वार्षिकोत्सव कार्यक्रममा भक्तपुरका प्रतिनिधिसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति तथा सांसद दुर्लभ थापा र मन्त्रालयका १२औं तहका अधिकृत तथा स्वास्थ्य सेवा विभागका निवर्तमान महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको उपस्थिति रहेको स्रोतले जानकारी दिएको छ । अस्पतालभित्र वार्षिकोत्सव कार्यक्रम चलिरहँदा बाहिर भने केन्द्रका असन्तुष्ट चिकित्सक, कर्मचारी र स्थानीय नागरिकले केन्द्रका निर्देशक श्रेष्ठको कार्यशैलीविरुद्ध नारवाजी गर्दै राजीनामा माग्दै विरोध गरेका थिए ।


  केन्द्रमा पहिला राम्रो काम गरेको भनेर वावाही कमाएका निर्देशक श्रेष्ठले पछिल्लोपटक ६० वर्ष उमेर कटेर पनि विकास समिति गठन ऐन आफू अनुकूल संशोधन गरेर गैरकानूनी ढंगले निर्देशकमा नियुक्ति लिएको आरोपमा चौतर्फी विरोध हुँदै आएको छ । उनको यस्तो कार्यशैली अस्पताल सञ्चालनमा धेरै बद्मासी गरेको भन्दै चिकित्सक, कर्मचारी र स्थानीय बासिन्दाहरू उनको विरोध गर्दै आएका छन् ।


समाचार स्रोतका अनुसार, निर्देशक श्रेष्ठले केन्द्रमा मिर्गाैला प्रत्यारोपण र डाइलासिस उपचारलाई मात्र फोकस गर्दै आएका छन् । केन्द्रमा डाइलासिस उपचारका लागि आउने विरामीमा मुटु र कलेजो रोग लागेर समस्यामा परेका विरामी धेरै आउने गरेका छन् । ती विरामीलाई मिर्गौलाको इाइलासिस, मिर्गौलासहित कलेजोको प्रत्यारोपण र मुटुको पनि उत्तिकै प्राथमिकताकासाथ अप्रेसन र उपचार गर्नुपर्ने माग स्थानीय र चिकित्सकहरुको छ । तर, निर्देशक क्षेष्ठले मिर्गौलाको मात्र उपचार, प्रत्यारोपणमा मात्र जोड दिएको उनीहरुको भनाई रहेको छ ।


 कलेजोको प्रत्यारोपणमा ध्यान नदिने, मुटुको अप्रेसन र उपचार गर्न अर्काे अस्पताल जानुपर्ने बाध्यता विरामीलाई परेको गुनासो छ । प्रत्यारोपण केन्द्रमा कलेजो रोगको उपचार र प्रत्यारोपण पनि सँगसँगै गर्ने उद्देश्यका साथ विशेषज्ञ डाक्टरको व्यवस्था र कलेजो प्रत्यारोपण, उपचार तथा मुटु रोगको अप्रेसनको लागि छुट्टै डिपार्ट पनि स्थापन गरिएको छ । यसका लागि आवश्यक चिकित्सकको दरबन्दीको व्यवस्था र आवश्यक यन्त्र–उपकरणको व्यवस्था पनि गरिएको छ ।


तर, कलेजो प्रत्यारोपण, मुटु रोगको विशेषज्ञ सेवा दिने चिकित्सकलाई निर्देशक क्षेष्ठले सेवा गर्ने मौका नै नदिएको गुनासो बाहिर आएको छ । अत्याधुनिक यन्त्र उपकरणको खरिद र सञ्चालनमा उनको ध्यान नगएको पीडितहरु चिकित्सक र कर्मचारीहरूल ेगुनासो  गरेका छन् । केन्द्रको रु. ४६ करोड बजेट छ, तर त्यो बजेट खाली मिर्गौलाको डाइलोसिस र मिर्गौला प्रत्यारोपणका लागि मात्र खर्च गर्दै आएको जानकार स्रोत बताउँछ । निर्देशक श्रेष्ठले कलेजो प्रत्यारोपण र मुटु रोगको उपचारमा खासै बजेट छुट्ट्याउने गरेका छैनन् । (साँघु साप्ताहिक, २०८१ वैशाख १७)
 

प्रतिकृया दिनुहोस