• मंगलबार-जेठ-८-२०८१

अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न अनु श्रेष्ठ पक्राउ

काठमाडाैं । सामाजिक संजाल Facebook, WhatsApp मा सम्पर्क गरी iPhone, घडी, लेडिज ब्याग, सुनका गरगहना डलर सहितको लगेज कुरियरमार्फत पठाएको छु भनि विश्वास दिलाई ठग्ने महिलालाई प्रहरीले पक्राउ गरेकाे छ ।

 

  निजले सामानकाे कस्टम चार्ज, एण्टी मनी लाउन्डरिङ्गलगायतको चार्जको लागि रकम लाग्छ भनी  विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाताहरुमा रु २३,३५,०००।– ( तेइस लाख पैंतीस हजार मात्र) पठाउन लगाई ठगी गरेकोले प्रहरी अनुसन्धानबाट खुलेकाे बताइन्छ ।


   उक्त ठगी कार्यमा संलग्न रहेकी अनु श्रेष्ठलाई  २०८१ वैशाख १७ गते जिल्ला काठमाण्डौं का.म.न.पा वडा नं. ४ चप्पल कारखानाबाट पक्राउ गरिएकाे थियाे ।  निजलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौं पठाईएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।          
          

 

 

 

प्रतिकृया दिनुहोस