• बुधबार-जेठ-९-२०८१

इन्डियन प्रिमियर लिग (आईपीएल) : लखनउसँग मुम्बई पराजित, प्लेअफको सम्भावना सकियो

 

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जाइन्टले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।

 

गएराति सम्पन्न खेलमा लखनउले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १४५ रनको लक्ष्य्य पछाएको लखनउले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि मुम्बईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो ।

 

यो जितपछि लखनउ सुपर जाइन्ट तेस्रो स्थानमा उक्लिएको छ । १० खेलमा ६ जित र ४ हारसहित १२ अंक बटुल्दै लखनउ तेस्रो स्थानमा उक्लिएको हो ।

 

त्यसैगरी यो हारपछि मुम्बईको प्लेअफको सम्भावना सकिएको छ । १० खेलमा ३ जित र ७ हार बेहोरेको मुम्बईको ६ अंक छ र नवौं स्थानमा झरेको छ ।
  

 

प्रतिकृया दिनुहोस