• बुधबार-जेठ-९-२०८१

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

 

काठमाडौं, १९ बैशाख । काठमाडौं महानगरपालिकाले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ ।

 

महानगरले ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको हो । महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेर ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभिज, एलओडी डिस्कोगायतलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको छ ।

 

सोे अवधिभित्र कर नतिरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने महानगरले चेतावनी समेत दिएको छ ।
 

 

 

 

 

प्रतिकृया दिनुहोस