• शुक्रबार-जेठ-४-२०८१

पूर्वराजा ज्ञानेन्द्र र कोमलले मनाए वैवाहिक वर्षगाँठ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र र कोमल शाहले विवाहको ५५औँ वर्षगाँठ मनाएका छन् । २०८१ वैशाख २० गते विहीबार केही शुभेच्छुक र आफन्तहरुसँग उनीहरुले बर्षगाँठ मनाएका हुन् ।


ज्ञानेन्द्र र कोमलबिच २०२७ साल वैशाख १९ गते विवाह भएको थियो । वर्षगाँठको अवसरमा पूर्वराजा पतिपत्नीले एकआपसमा केक खुवाएर खुशी साटासाट गरे ।


नेपाली सेनाका तत्कालीन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग तत्कालीन युवराज ज्ञानेन्द्रको विवाह भएको हो । केन्द्र शमशेरकै जेठी छोरी ऐश्वर्य राणासँग २०२६ मा तत्कालीन युवराज वीरेन्द्रको विवाह भएको थियो ।


ज्ञानेन्द्रको विवाहको केही समयपछि उनका भाइ तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको प्रेक्षा राणासँग विवाह गरेका थिए । प्रेक्षा पनि रथी केन्द्र शमशेरकै कान्छी छोरी थिइन ।

 

प्रतिकृया दिनुहोस