• शनिबार-जेठ-५-२०८१

विमानस्थलकाे ग्राउण्ड ह्याण्डलिङ्ग सेवा कुनै हालतमा अरुलाई दिइने छैन-मन्त्री तामाङ

काठमाडाैं । नेपाल वायुसेवा निगमका कार्यकारी तहका कर्मचारीहरुको लागि अनिवार्य आवश्यक पर्ने Aviation Security (AVSEC)  सम्बन्धी दुई दिने तालिम  २०८१ वैशाख १९ र २० मा सम्पन्न भएको छ । उक्त तालिममा निगमका कार्यकारी अध्यक्ष सहित विभागीय प्रमुखहरुको सहभागिता रहेको आरएले जानकारी दिएकाे छ ।

 

तालिमको प्रशिक्षकमा ICAO Certified Instructor/Auditor भरत राज ढकाल रहेका थिए ।  उक्त तालिम कार्य प्रकृतिको आधारमा निगमका अन्य तहका कर्मचारीहरुलाई समेत दिइदै आइरहेको बताइएकाे छ ।

 

निगमले गर्दै आइरहेको ग्राउण्ड ह्याण्डलिङ्ग सेवा अरुलाई दिन भएका चलखेल बारे आफूलाई थाहा भएको र कुनै पनि हालतमा यस्ता कार्य हुन नदिनेमा आफू अडिग रहने प्रतिवद्धता जनाउंदै निगमले पनि आफ्नो कार्यक्षमता र गुणस्तर वृद्धि हुने गरी काम गर्न निर्देशन दिएका छन् ।


    निगमले सञ्चालन गरेको उक्त दुई दिने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा निगमको Corporate Briefing  समेत भएको र सो अवसरमा बोल्दै मन्त्री तामाङले निगमले राखेका चुनौती र समस्याहरुलाई आफूले गम्भिरतापूर्वक लिएको र अगाडि बढाएका हरेक सकारात्मक कार्यमा आफ्नो साथ र सहयोग रहनेमा जोड दिएका थिए ।

 

उक्त अवसरमा बोल्दै मन्त्री तामाङले नेपाल वायुसेवा निगम व्यवसायिक रुपमा काम गर्नुपर्ने राष्ट्रिय ध्वजावाहक भएकोले यसलाई राजनीतिबाट टाढा राखि सवै कर्मचारीहरु एकतावद्ध भई काम गर्न आह्वान गरेका छन्  ।

 

निगमले गर्दै आइरहेको ग्राउण्ड ह्याण्डलिङ्ग सेवा अरुलाई दिन भएका चलखेल बारे आफूलाई थाहा भएको र कुनै पनि हालतमा यस्ता कार्य हुन नदिनेमा आफू अडिग रहने प्रतिवद्धता जनाउंदै निगमले पनि आफ्नो कार्यक्षमता र गुणस्तर वृद्धि हुने गरी काम गर्न निर्देशन दिएका छन् ।


उक्त अवसरमा निगमले गरेका कार्यहरु र भावी योजना बारे प्रकाश पार्दे निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्रस्तुत कार्यहरु सफल पार्न तालुक मन्त्रालय तथा नेपाल सरकारको साथ सहयोग र अभिभावकत्व आवश्यकता पर्ने भएकोले निगमले गर्ने  राम्राे कामका लागि सोही अनुरुपको सहयोगको अपेक्षा गरेको र त्यस किसिमको समन्वय तथा सहयोग सधैं प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।


तालिममा सहभागीहरुलाई  मन्त्रीतामाङको हातबाट प्रमाणपत्र वितरण तथा बधाई ज्ञापन गरिएको  प्रवक्तारमेश पौडेलले बताए ।

प्रतिकृया दिनुहोस