• शनिबार-जेठ-५-२०८१

हेमन्तको ‘जाउँ साइँली बेनी बजार’मा प्रकाश र अन्जली (भिडियोसहित)


काठमाडौँ । स्वर्गीय लोकगायक पदम बिष्ट र गायिका लोचन भट्टाराईको स्वर रहेको गीत ‘जाउँ साइँली बेनी बजार’लाई गायक तथा संगीतकार हेमन्त ‘कान्छा’ रसाइलीले पुन: रेकर्ड गराएका छन् ।

 

रसाइली र गायिका भट्टराईको स्वरमा यो गीत पुनः रेकर्ड भएको हो । मौलिक झ्याउरे लोकदोहोरी शैलीमा तयार गीतकको भिडियो पनि बनेको छ । भिडियोमा प्रकाश सपुत, अञ्जली अधिकारी, सुनिल बिक र दीपा शाहीको अभिनय छ ।

 

भिडियोका निर्देशन सुनिल विकले गरेका हुन् । रोशन विश्वकर्माको कोरियोग्राफी र करन चैसिरको छायाङ्कन भिडियोमा छ । गीतको शब्द स्वर्गीय विष्ट र सपना रसाइलीले लेखेका हुन् । संगीत भने स्वर्गीय विष्टकै रहेको छ । पुराना गायक तथा संकलकहरुको सम्मानमा गीतलाई पुनः रेकर्ड गरिएको गायक रसाइलीले बताए ।

 

भिडियो ः

 

प्रतिकृया दिनुहोस