• शनिबार-जेठ-५-२०८१

बैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा

 

काठमाडौं, २२ वैशाख । बैशाख २४ गते  बागमती प्रदेशमा सार्वजनिक विदा दिने भएको छ । 

 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै बैशाख २४ गते सार्वजनिक विदा दिइने जनाएको हो ।

 

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, '२०८१/०१/१२ को बैठकले नेपाली भाषा अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा २०८१ साल बैशाखमा विदा दिइने छ ।' 

प्रतिकृया दिनुहोस