• शनिबार-जेठ-५-२०८१

महोत्तरीका वरिष्ठ पत्रकार गोपाल बराललाई 'प्रेस स्वतन्त्रता सेनानी' पदवीबाट सम्मान

 

महोत्तरी, २३ बैशाख : महाेत्तरीका वरिष्ट पत्रकार गाेपालप्रसाद बराललाई  ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मान प्रदान गरिएकाे छ ।

 

काठमाण्डाैमा सम्पन्न नेपाल पत्रकार महासंघकाे २७ औं राष्ट्रिय महाधिवेशनमा बराललाई शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मान प्रदान गरेका हुन ।

 

महासंघकाे २७औं महाधिवेशन शुक्रबार सुरु भएर आज शनिबार  सम्पन्न भएकाे थियो । प्रेस स्वतन्त्रता सेनानी सम्मान नेपाली पत्रकारितामा लामो समयसम्म प्रेस स्वतन्त्रताकाे पक्षमा कलम चलाएवापत प्रदान गरिने विशिष्ट सम्मान मानिन्छ ।

 

महाेत्तरीमा याे सम्मान पाउने बराल चाैथाे पत्रकार हुन । यसअघि जिल्लाकै वरिष्ट पत्रकार विन्देश्वरीप्रसाद मण्डल, कुँवरकान्त झा र रविन्द्र उप्रेतिले याे सम्मान पाइसकेका छन ।

 

 

प्रतिकृया दिनुहोस