• शनिबार-जेठ-५-२०८१

अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न नाबालिगको प्रहरीको गोली लागेर मृत्यु

 

काठमाडौँ । अष्ट्रेलियाको पर्थमा चक्कुले आक्रमण गर्ने एक नाबालिगको प्रहरीले चलाएको गोली लागेरा मृत्यु भएको छ ।

 

गोली लाग्नुअघि नाबालिगले एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । पीडितको अवस्था गम्भीर तर स्थिर रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

 

प्रहरीले शनिबार राति अबेरसम्म एक व्यक्तिले चक्कु प्रहार गरी सामान्य क्षति पुर्याएको जानकारी प्राप्त भएको जनाएको छ । नाबालिगको उमेर १६ वर्ष थियो । उनलाई रोक्न गोली चलाइएको प्रहरीले जनाएको छ । गोली लागेर नाबालिगलाई अस्पताल लगिए पनि बचाउन सकिएन ।

 

पछिल्लो समय अष्ट्रेलियामा चक्कु सम्बन्धी अपराधमा बृद्धि भएको छ । गत महिना सिड्नीमा क्रिस्चियन धर्मगुरुमाथि पनि चक्कु प्रहार भएको थियो ।

 

यसअघि पनि सिड्नीको एउटा सपिङ मलमा महिला र बालबालिकालाई चक्कुले निशाना बनाएको घटना भएको थियो ।

 

 

प्रतिकृया दिनुहोस