• शनिबार-जेठ-५-२०८१

आज सुनचाँदीको मूल्य कति पुग्यो ?

 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।

 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहँदै १ लाख ३५ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको एक लाख ३५ हजार ४०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ७५० मा कारोबार भएको थियो ।  

 

त्यसैगरी आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिकृया दिनुहोस