• शनिबार-जेठ-५-२०८१

सन्दीप लामिछानेको मुद्धा 'हेर्न नमिल्ने' मा

 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि 'हेर्न नमिल्नेमा राखिएको छ ।

 

जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।

 

यस अघि पटक पटक 'हेर्न नभ्याइने' मा परेको यो मुद्धा आज ' हेर्न नमिल्ने' मा राखिएको छ । यस मुद्धामा यस अघि झगडिया झिकाउन र गौशालाको जन्ममितिको विवरण झिकाउन आदेश दिइएको थियो । 

 

काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन । 

प्रतिकृया दिनुहोस