• शनिबार-जेठ-५-२०८१

के हो सिटिजन्स बैंकको रियल टाइम फिक्स्ड डिपोजिट ? 

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले आफ्नो सेवालाई थप परिस्कृत गर्दै लगेको छ । प्रविधिको समयमा आफ्ना सेवालाई थप विस्तार गर्ने क्रममा सिटिजन्स बैंक इन्टरनेशनलले नयाँ तथा पुराना ग्राहकवर्गसमक्ष ‘रियल टाइम फिकस डिपोजिट खाता’ सञ्चालनमा ल्याएको छ । यस सेवाअन्तर्गत सेवाग्राहीले घरमै बसेर आफ्नो ल्यापटप, कम्प्युटर वा मोबाइलबाटसमेत मुद्दति खातामा बचत गरेर सुविधा लिन सक्नेछन् । यसले सिटिजन्स बैंकमा कारोबार गर्दै आएका र नयाँ ग्राहकहरूलाई घरमै बसेर मुद्दति खातामा आफ्नो रकम जम्मा गर्ने अवसर प्रदान गर्नेछ ।   


‘रियल टाइम फिक्स डिपोजिट खाता’ सिटिजन्स बैंकबाट घरमै बसी–बसी डिपोजिट गर्न सकिने खाता हो । यसलाई घरमै बसेर बनाउन सकिने भएको छ । यसबाट ग्राहकहरूलाई बैंकसम्म पुग्नुपर्ने झन्झटको अन्त्य भएको बैंकले जनाएको छ । रियल टाइम फिक्स्ड डिपोजिट भनेको यो बैंकसँग जोडिएका नयाँ र पुराना ग्राहकले आफ्नो कम्प्युटर, मोबाइल र ल्यापटपबाट घरमै बसेर खोल्न सकिने मुद्दती खाता हो ।


बैंकका अनुसार यो खाता खोल्न सबैभन्दा पहिला सिटिजन्स बैंक इन्टरनेशनलको मोबाइल एप्लिकेशनमा लगइन गर्नुपर्दछ । ग्राहकवर्गले त्यसपछि त्यहाँ देखिने ‘मोर’ अप्सनमा क्लिक गरेर ‘फिक्स्ड डिपोजिट’ लेखिएको स्थानमा क्लिक गर्नुपर्ने हुन्छ । त्यहाँ देखिने फिक्स्ड डिपोजिट गर्ने विभिन्न योजनाका प्रकारहरू देखिनेछ, जसमा आफुले खोल्न चाहेको मुद्दति योजना, जम्मा गर्न खोजेको अवधि र जम्मा गर्न चाहेको रकम उल्लेख गर्न सकिन्छ । 


यी सबै काम गरेपछि आफ्नो इमेल ठेगाना भरेर प्रोसिड गर्नुपर्ने हुन्छ । प्रविष्ट गरिएको सबै विवरणहरु ठिक भए वा नभएको जाँच पनि गर्नुपर्ने हुन्छ । विवरण ठिक भएको खण्डमा उपलब्ध गराइएको इमेलमा बैंकले मुद्दति खाता सुचारु भएको सन्देश बैंकले पठाउनेछ र त्यसलाई पनि जाँच गर्नुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस