• शनिबार-जेठ-५-२०८१

महिला टी–२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नवौँ संस्करणका महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ ।


अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुईवटा समूहमा बाँडिएको छ ।


भारत, अष्ट्रेलिया, न्यूजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छन् ।


यस्तै दक्षिण अफ्रिका, इङल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र क्वालिफायर–२ को टिम समूह ‘बी’ मा छन् ।


क्वालिफायर–१ र क्वालिफायर–२ का लागि यही अप्रिल २५ देखि यूएईमा भइरहेको टी–२० विश्वकप छनोटको फाइनलमा पुग्ने दुई टोली छानिनेछन् ।


अक्टोबर ३ मा इङ्गयान्ड र दक्षिण अफ्रिकाले खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलका लागि ‘रिजर्भ डे’ राखिएको छ ।

प्रतिकृया दिनुहोस