जसपा फेरि फुट्याे, अशोक राई नयाँ पार्टी गठन गर्दै
काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला २०८१ वैशाख २३ गते आइतबार पार्टी संघीय परिषद् अध्यक्ष अशोक राईले नयाँ पार्टी गठन गर्न निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।
(निर्वाचन आयोगमा अध्यक्ष अशोक राई समूह नयाँ पार्टी गठन गर्न निवेदन दर्ता गर्दै)
२०८१ वैशाख २३ गते आइतबार अपरान्ह ७ जनाको हस्ताक्षरसहित आयोगमा पुगेर राईले आधिकारिकता पेस गरेका हुन् ।
राई नेतृत्वको समूहको यस कदमसँगै सत्तारूढ दल जसपा विभाजित भएको छ । यद्यपि, दल विभाजन गर्ने कानून भने निष्क्रिय छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ मा अध्यादेश ल्याएर जसपा र तत्कालीन एमाले फुटाइएको थियो। उक्त अध्यादेश तत्कालै फिर्ता लिए पनि साविकको कानूनी व्यवस्था अझैसम्म जगाइएको छैन ।
उता पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव वैशाख १५ गते शनिबार अमेरिका गएका थिए ।
अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधिका रूपमा सहभागी हुन यादव शनिबार बेलुकी अमेरिका गएका थिए । यादव २०८१ वैशाख २४ गते सोमबार नेपाल फर्किने कार्यक्रम छ ।
०००

प्रतिकृया दिनुहोस