• आइतबार-जेठ-६-२०८१

सशस्त्र प्रहरीको गोताखोर टोलीले पोखराको खोलाबाट बालकको शव निकाल्यो

 

पोखरा, २३ वैशाख । पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले बालकको शव निकालेको हो ।

 

शवको पहिचान हुन बाँकी रहेको प्रहरीको भनाइ छ । अन्दाजी १५ वर्षीय बालक अपराह्न ४ बजेतिर डुबेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

 

यसअघि आइतबार नै १४ वर्षीय बालकको शव फेला परको थियो । मृत्यु हुनेमा पोखरा-५, मालेपाटनका १४ वर्षीय सोनाम सुवेदी रहेका छन् । पोखरा-१८, खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा पौडी खेल्ने क्रममा उनी डुबेका थिए । १५ वर्षीय साथी सञ्जय कार्कीसँगै उनी पौडी खेल्न गएका थिए ।

 

सोनाम डुबेको थाहा पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीले उनलाई दिउँसो २ बजेर २४ मिनेटमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त शर्माले बताए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

 

प्रतिकृया दिनुहोस