• आइतबार-जेठ-६-२०८१

राम्रो व्यापार गरेपछि मनसराका दुई प्राविधिकलाई सम्मान

 

काठमाडौं, २३ वैशाख । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा मनसरा यतिवेला देश तथा विदेशका हलहरूमा दर्शकको उत्कृष्ट वर्डअफ माउथसहित प्रदर्शन भइरहेको छ । सिनेमाले देश तथा विदेशमा राम्रो व्यापार गरिरहँदा सिनेमाको निर्माण टिमले विभिन्न क्षेत्रमा कार्यरत छायाङ्कनमा परेका पात्रलाई प्रोत्सान गरिरहेको छ ।

 

गत बुधबार आयोजित सिनेमाको प्रिमियर शोमा लामो समयदेखि सिनेमाको पर्दा पछाडि रहेर काम गरिरहेका २ जना प्राविधिकलाई नगद राशिसहित सम्मान गरेको थियो । यसैबीच हिजो शनिबार सम्पन्न नेपाल र वेस्ट इन्डिज 'ए' बीच भएको ५ खेलको सिरिजमा सहकार्य गरेको थियो । सिनेमा र खेलकुदबीच सहकार्य तथा एकअर्का प्रवर्द्धनका हेतुले मनसरा टिमले क्यानसँग सहकार्य गरेको थियो ।

 

जसको अन्तिम दिन हिजो शनिबार सिनेमाको टिमले ग्राउण्डमा काम गर्ने कर्मचारीलाई सहयोग गरेको छ । आगामी दिनमा पनि ग्राउण्डमा काम गर्ने कर्मचारीलाई हौसला मिलोस् भन्ने हेतुले आफुहरुले ग्राउण्ड स्टाफलाई एक लाख नगद सहयोग गरेको निर्माण शैलेन्द्र डी कार्कीले बताए । आफूहरूको प्राथामिकतामा जहिले पनि पर्दा पछाडिका मान्छे पर्ने र उनीहरूलाई प्रोत्सानको जरुरी रहने बुझेकाले पनि कबड्डी फिल्मस्ले खेलाडीसँगै ग्राउण्ड स्टाफलाई नगद सहयोग गरेको बताए ।

 

मनसरा कवि उपेन्द्र सुब्बा निर्देशित दोस्रो सिनेमा हो । यो सिनेमाको कथा पनि स्वंयम निर्देशक सुब्बाले नै लेखेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । सिनेमाका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन्। विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।

 

सिनेमामा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।

 

यो सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ । जी टु वान सिनेमाको डिजिटल पार्टनर हो ।

 

प्रतिकृया दिनुहोस