• आइतबार-जेठ-६-२०८१

पाटनमा एक पुरुष मृत अवस्थामा फेला

 

बैतडी, २३ वैशाख । बैतडीमा एक जना पुरुष मृत फेला परेका छन् । पाटन नगरपालिका–६ को मुख्य बजारको पछाडि रिङरोडको तल अन्दाजी २१ वर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेका हुन् । 

 

दाङ घर भइ हाल पाटनमा लामो समयदेखि सरसरफाईको क्षेत्रमा काम गर्ने पुस्तल घर्तीमगर (जोकर) का छोरा दिपेन्द्रको शव फेला परेको हो ।

 

स्थानीय एक जनाको जिर्णघरमा बस्दै आएका उनको शव घरको पछाडि घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस