• आइतबार-जेठ-६-२०८१

बैतडीमा डढेँलोमा परी दुई महिला घाइते

 

बैतडी, २३ वैशाख । बैतडीमा डढेँलोमा परेर दुई जना महिला घाइते भएका छन् ।

 

दशरथचन्द नगरपालिका–१ की ४६ वर्षीया धौली भुल र ४५ वर्षीया मानवती भुल जलेर घाइते भएका हुन् । दशरथचन्द नगरपालिका–१ धेउमडा नजिकै वनमा घाँस काटीरहेका महिला जंङ्गलबाट आएको डढेँलोमा परी घाइते भएको प्रहरीले जनाएको छ ।

 

उनीहरूको स्वास्थ्यवस्था भने मध्यम रहेको प्रहरीको भनाइ छ। जिल्लामा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस