• आइतबार-जेठ-६-२०८१

इन्डियन प्रिमियर लिग (आईपीएल) : लखनउमाथि कोलकाता ९८ रनले विजयी

 

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।

 

गएराति सम्पन्न खेलमा कोलकाताले लखनउलाई ९८ रनले पराजित गरेको हो । कोलकाताले दिएको २३६ रनको लक्ष्य पछाएको लखनउ १६.१ ओभरमा अल आउट हुँदै १३७ रन मात्र बनाएको थियो । यसअघि कोलकोताले २० ओभरमा ६ विकेट गुमाउँदै २३५ रन बनाएको थियो ।

 

यो जितपछि कोलकोता शीर्ष स्थानमा उक्लिएको छ । कोलकोताको ११ खेलमा १६ अंक भएको छ । त्यस्तै लखनउको भने यो पाँचौं हार हो । ११ खेलमा १२ अंक रहेको लखनउ अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।
 

 

प्रतिकृया दिनुहोस