धनगढीमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु
धनगढी, २४ वैशाख । धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका-९ बस्ने ६० वर्षीया राजुदेवी बोहराको आफ्नै घर नजिकै रहेको गुल्लरको रूखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।
रुखबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याउँदा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए ।

प्रतिकृया दिनुहोस