• आइतबार-जेठ-६-२०८१

जनकपुरधाममा पेस्तोल देखाएर दिनदहाडै लुटियो रु ८० लाख



जनकपुर, २४ वैशाख : धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीको रु ८० लाख लुटिएको छ । 

 

आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीन जनाले रु ८० लाख लुटेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आबाले जानकारी दिनुभयो ।

 

जनकपुरधामको भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम झिकेर सहकारीतर्फ जाँदैगर्दा जनकपुरधाम उपमहानगरपालिका १९ मा महतोका साथमा रहेको सो रकम लुटिएको र जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर लुटेराको खोजी भइरहेको बताउनुभयो । 
---

 

प्रतिकृया दिनुहोस