• आइतबार-जेठ-६-२०८१

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि सानदार जित हासिल गरेको छ ।

 

गएराति सम्पन्न खेलमा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो । क्रिस्टल प्यालेसको जितमा माइकल ओलीसले २ गोल गरेका थिए भने जीन फिलिप माटेटा र ट्रीक मिचेलले एक-एक गोल गरेका थिए । यो जितपछि क्रिस्टल प्यालेस ३६ खेलमा ४३ अंकसहित १४ स्थानमा रहेको छ ।

 

त्यस्तै म्यानचेस्टर युनाइटेडलाई भने यस हारले धक्का लागेको छ । अर्को सिजन च्याम्पियन्स लिगमा छनौट हुन नसकेपनि युरोपा लिगमा समेत अब छनौंट हुन मुस्किल देखिएको छ । म्यानचेस्टर युनाइटेडको ३५ खेलमा ५४ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।
 

 

 

प्रतिकृया दिनुहोस