• आइतबार-जेठ-६-२०८१

जर्नेल दाहाललाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडाैं । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८१ वैशाख २० गतेको निर्णय अनुसार प्राड उपरथी दर्जामा पदोन्नति भएका सेना प्राड विवाकका प्राड सहायक रथी जीवन प्रसाद दाहाललाई २०८१ वैशाख २४ गते साेमबार  प्रधान सेनापति प्रभुराम शर्माबाट दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ ।


    जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको हाे । साथै, उपरथीमा पदोन्नति भएका प्राड दाहाललाई सोही विवाकको जिम्मेवारी दिइएको नेपाली सेनाले जानकारी दिएकाे छ ।

 

 दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा बलाधिकृत रथी अशोक राज सिग्देल, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दको परिवारजनको समेत उपस्थिति थियो ।

 

 

प्रतिकृया दिनुहोस