• आइतबार-जेठ-६-२०८१

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८०० ले बढेर १ लाख ३६ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ६०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो ।  

 

त्यसैगरी आज चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

 

 

प्रतिकृया दिनुहोस