• आइतबार-जेठ-६-२०८१

तेह्र लाख सठ्सठी हजार बराबरका मालबस्तुहरू पक्राउ

वीरगञ्ज । जिल्ला  कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले निम्न स्थानहरूबाट निम्न मालबस्तुहरू रु.१३,६७,८७०। – (तेह्र लाख सठ्सठी हजार आठ सय सत्तरी ) बराबरका  विभिन्न किसिमका लत्ताकपडाहरू, औषधिहरू र खाद्यान्न सामाग्रीहरू आवश्यक कारवाहीको लागि  २०८१ वैशाख २४ गते वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको  जिल्ला  कार्यालय पर्साले जानकारी दिएकाे छ ।
 


  २०८१  वैशाख २३ गते वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोकस्थित सडकखण्डबाट कुर्ता सुरवाल-२४८ पिस, सर्ट थान कपडा-७८१ मिटर, पुजा थान कपडा-१८९० मिटर, काजु-२१० के.जी., स्मार्ट वाच-४० पिस, Ipods 12-१६३ पिस, आचार-९० डिब्बा, Good night-३८४० डिब्बा लगायत रु.१३,६७,४००।-(तेह्र लाख सठ्सठी हजार) बारबरको तस्करीका सामानहरू बरामद गरिएकाे थियाे ।


   प्रहरीद्वारा बरामद तस्करीका विभिन्न किसिमका कपडा, खाद्यान्न तथा ईलेक्ट्रोनिक्स सामानहरू पक्राउ गरी वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको थियाे ।

प्रतिकृया दिनुहोस