• आइतबार-जेठ-६-२०८१

सुनसरीबाट सशस्त्र प्रहरीले बरामद गर्‍यो एक क्विन्टल गाँजा

   बैशाख २५ गते मंगलबार राती सशस्त्र प्रहरीले सुनसरीबाट १ क्विन्टल गाँजा बरामद गरेको छ ।  सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगंज र हर्बेनीको संयुक्त टोलीले वैशाख २५ गते मंगलबार राति सुनसरी जिल्लाको बर्जु गाउंपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पातले छोपी लुकाई छिपाई बेवारिसे अबस्थामा राखेको ३ बोरा गाँजा बरामद गरेको हो ।


सो ठाउँमा गाँजा लुकाई छिपाई तस्करी गर्न राखिएको भन्ने सुचनाको आधारमा खोजतलास गर्दा ३ वटा बोराभित्र स–साना प्याकेट बनाई राखिएको गाँजा फेला परेको थियो । बरामद गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

 

प्रतिकृया दिनुहोस