• सोमबार-जेठ-७-२०८१

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

 

काठमाडौँ ।  रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । 

 

गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखलाई २-१ ग्गोल अन्तरले पराजित गर्दै समग्रमा ४-३ को नतिजासहित रियल म्याड्रिड फाइनलमा पुगेको हो । 

 

यस खेलमा १-० ले पछि परेको रियल म्याड्रिडले खेलको ८८औं र ९१औं मिनेटमा गोल गर्दै जित हासिल गरेको थियो । रियल म्याड्रिडका लागि दुवै खेल जोसेलुले गरेका थिए । त्यस्तै बायर्न म्युनिखका लागि एक गोल अलफोसनो डाभिजले गरेका थिए । यस अघि सम्पन्न सेमिफाइनलको पहिलो लिग २-२ गोलको बराबरीमा सकिएको थियो । 

 

योसँगै रियल म्याड्रिड १८औं पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । रियलले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिग जितेको छ र विश्वमा सबैभन्दा बढी पटक च्याम्पियन्स लिग जित्ने क्लब हो । 

 

अब रियल म्याड्रिडले फाइनलमा जर्मनी क्लब बोरुसिया डोर्टमण्डको सामना गर्ने छ ।  फाइनल खेल जुन २ मा लण्डनस्थित विम्बली स्टेडियममा हुने छ । 
 

 

प्रतिकृया दिनुहोस