• सोमबार-जेठ-७-२०८१

रातिको समयमा नखाऔं यी फलफूल

 

सामान्यतया फलफूलहरु दैनिक भोजनमा समावेश गर्ने सल्लाह दिइन्छ । फलफूलहरुको भोजन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर, केही यस्ता फलहरु पनि छन् जुन शरीरका लागि नोक्सानदायक बन्न सक्छन् । तर केही यस्ता फलहरु पनि छन् जसको सेवनले शरीरमा अनेक समस्या सिर्जना हुनसक्छ । 


केरा : केरा शरीरका लागि फाइदाजनक हुन्छ, तर रातिमा खाने गल्ती भने गर्नुहुँदैन । केरामा क्यालोरीको मात्रा धेरै हुन्छ, जसले रातिमा अपच जस्तो समस्या सिर्जना हुनसक्छ । 


स्याउ : स्याउले विभिन्न समस्याबाट बचाउन मद्दत गर्दछ । स्याउमा अधिक फाइबर हुने गर्दछ, जसले पाचनतन्त्रलाई खराब बनाउन सक्छ । 


तरबुजा : गर्मीमा शरीर हाइड्रेटेड हुन जरुरी छ । यसमा पानी र चिनीको मात्रा बढी हुने गर्दछ । यसले शरीरमा रगतको स्तर बढाउन सक्छ । 


भुइँकटर : भुँइकटर एसिडिक प्रकृतिको हुन्छ । रातिमा भुइँकटर खानाले जलन र पेट फुल्ने समस्या हुनसक्छ । त्यसैकारण फलहरु रातिमा खानबाट बच्नुपर्दछ । (साँघु साप्ताहिक, २०८१ वैशाख २४)
 

प्रतिकृया दिनुहोस