• सोमबार-जेठ-७-२०८१

मधेश प्रदेशमा सरकार ढाल्ने कसरत

 

रौतहट, २७ बैशाख । मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहिरिने तयारी गरेको छ ।

 

समर्थन फिर्ता लिँदै दुवै दल बिहीबार नै सरकारबाट बाहिरिन सक्ने नेताहरूले दाबी गरेका छन् । जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनको तयारी भइरहेको छ ।

 

स्रोतका अनुसार जनमत पार्टीले पहिला आफूले मुख्यमन्त्री पाँउनुपर्ने दावी गरेका कारण एमाले र माओवादीका नेताले तत्काल सरकार नछाडेका हुन् नेकपा एमालेले आफूले पहिला मुख्यमन्त्री पाउनु पर्ने र पछि जनमतलाई मुख्यमन्त्री दिने विषयमा छलफल भइरहेका कारण एमाले र माओवादीका मन्त्रीले अहिलेसम्म सरकार नछाडेको अवस्था रहेको र साँझसम्म उनीहरूले सरकार छाडेपछि मधेश प्रदेश सरकार आफैँ ढल्ने जनकपुरका पत्रकार हदिस खुद्धारले बताए । 

 

प्रतिकृया दिनुहोस