• सोमबार-जेठ-७-२०८१

भारतमा नेपाली युवकको शव फेला

 

डडेल्धुरा, २७ वैशाख । डडेल्धुराका एक युवक भारतको कालुपुर रेल्वे स्टेशनमा मृत फेला परेका छन् ।

 

डडेल्धुराको अमरगढी नगरपालिका–९ का २५ वर्षीय सागर विक भारतको अहमदाबादको कालुपुर रेल्वे स्टेशनमा बुधाबार मृत फेला परेका हुन् । उनका आफन्तका अनुसार सागर अहमदाबाददेखि पन्जाब जान्छु भनेर ४ दिनअघि कालुपुर रेल्वे स्टेशनबाट हराएका थिए ।

 

खोजी गर्ने क्रममा टाउकोमा चोट लागेको अवस्थामा उनको शव हिजो सोही रेलवे स्टेशनमा फेला परेको बताइएको छ । परिवारले हत्याको आशंका गरेको छ । उक्त विषयमा भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस