• सोमबार-जेठ-७-२०८१

सशस्त्र प्रहरीद्वारा बिलबीजकमा लेखिएको भन्दा फरक सामान बोकेको ट्रक नियन्त्रणमा

 

वीरगन्ज । बिलबीजकमा उल्लेख भएभन्दा फरक सामान बोकेको ट्रक सशस्त्र प्रहरीले बैशाख २७ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका–८ लिङ्करोडबाट नियन्त्रणमा लिएको छ ।

 

पर्साको आदर्शनगरबाट बसपार्कतर्फ जाँदै गरेको ना. ३ ख ७६५६ नम्बरको मालवाहक ट्रकलाई विशेष सूचना आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो । ट्रकमा रहेको सामानको भ्याट बाहेकको मूल्य ३० लाख ४९ हजार ८८ रुपैयाँ कायम रहेको छ ।

 

नियन्त्रणमा लिईएको सामानसहितको ट्रक थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

प्रतिकृया दिनुहोस