• सोमबार-जेठ-७-२०८१

अक्षय तृतीयाको दिन राशि अनुसार किन्नुहोस् यी वस्तु, माता लक्ष्मीको बर्सिनेछ कृपा

 

काठमाडौँ । अक्षय तृतीया वैशाख २८ गते मनाइँदैछ । अक्षय तृतीयालाई धेरै ठाउँमा आखातीजको नामले पनि चिनिन्छ । यस दिन सनातन धर्ममा आस्था राख्नेहरूले विधि विधान अनुसार भगवान विष्णु र माता लक्ष्मीको पूजा आराधना गर्नुका साथै दान पनि गर्ने गर्दछन् ।

 

ज्योतिषका अनुसार अक्षय तृतीयाको दिन सनातन धर्ममा आस्था राख्ने मानिसले सुन चाँदीका गरगहना किन्ने गरेको बताउँछन् । ज्योतिष शास्त्रका अनुसार राशि अनुसार किनमेल गरेमा लक्ष्मीको कृपा प्राप्त हुन्छ ।

 

राशिफल अनुसार यस दिन कुन कुन धातु किन्ने जानौं ः

 

मेष राशि ः यस राशिका व्यक्तिले अक्षय तृतीयाको दिन सुन र तामाको धातु किन्नु पर्दछ ।

 

वृष राशि ः यस राशिका व्यक्तिले अक्षय तृतीयाको दिन चाँदी र सुनको सिक्का किन्नु पर्दछ ।

 

कन्या र मिथुन राशि ः यी राशिका व्यक्तिहरूले अक्षय तृतीयाको दिन काँसाको धातु किन्नु पर्दछ ।

 

तुला र कर्कट राशि ः यी राशिका व्यक्तिले अक्षय तृतीयाको दिन चाँदीको धातु किन्नु पर्दछ ।

 

सिंह राशि ः ज्योतिष शास्त्र अनुसार सूर्यलाई ग्रहहरूको राजा र सूर्यलाई सिंह राशिको स्वामी मानिन्छ । अक्षय तृतीयाको दिन यस राशिका व्यक्तिले तामाको धातु किन्नु पर्दछ ।

 

वृश्चिक राशि ः यस राशिका व्यक्तिले अक्षय तृतीयाको दिन तामाको धातु किन्नु पर्दछ ।

 

धनु राशि ः अक्षय तृतीयाको दिन यस राशिका व्यक्तिले सुनसँगै काँसको धातु किन्नु पर्छ ।

 

मकर राशि ः यस राशिका व्यक्तिका लागि स्टिल तथा फलामका सामान खरिद गर्नु शुभ मानिन्छ । यस बाहेक तपाई आफ्नो आवश्यकता अनुसार सुनका गहना पनि किन्न सक्नुहुन्छ ।

 

कुम्भ राशि ः अक्षय तृतीयाको दिन यस राशिका व्यक्तिले फलामको धातु किन्नु पर्दछ । यसबाहेक चाँदी र सुन धातु लिन सकिन्छ ।

 

मीन राशि ः अक्षय तृतीयाको दिन मीन राशिका व्यक्तिले काँसाको धातु किन्नु शुभ मानिन्छ ।

 

-एजेन्सी 

 

प्रतिकृया दिनुहोस