• शुक्रबार-कार्तिक-१६-२०८१

मधेशको चनौटे डाँडा : मधेश र विहारका पर्यटकको लागि गर्मी छल्ने उत्कृष्ट पर्यटकीय हव वन्न सक्छ

२ जेठ, महोत्तरी । गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछि पाइने विशिष्ट चिसो मौसमले यसलाई पुष्टि गर्दछ ।

 

यो खवर थाहा पाएपछि मधेश र नजिकै सीमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको  गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई समेत वन्न सक्छ ।

किन भने विहारका जिल्लाहरुवाट यहाँ ३५ किलोमीटर मात्र दुरीमा छ भने मधेश प्रदेशको मध्यविन्दुमा पर्दछ । छोटो दुरीमा उच्च पहाडी जिल्लाको जस्तो चिसाे हावापानी र मनोरम दृश्य अवलोकन गर्न पाईने यो ठाउँ मधेश र भारतकाे विहारका मानिसहरुका लागि कम खर्चिलो यात्र समेत बन्ने देखिन्छ ।

 

उनले यो उचाईवाट दृश्यावोलकन गर्न सकिने मधेशका फाटहरु र चुरे शृङ्खला थप आकर्षण रहेको वताउदै बर्दिवास नगरपालिकाले प्रचारप्रसार र पर्वद्वनमा कार्ययोजना बनाएर अगाडि बढनुपर्ने सुझाव दिए ।

 

बर्दिवास नगरपालिकाको खयरमारावाट ४  किलोमीटर मात्र माथि उक्लेपछि पाइने  हावापानी वाह्य र आन्तरिक पर्यटक भित्र्याउन सकिने महत्वपूर्ण आधार  बनेको छ ।

 

`जुनार र सुन्तला पनि यहाँ पाईन्छ । त्यसो हुँदा कत्ति चिसो हावापानी पाईन्छ भन्ने भनिरहनु नै परेन ।´ उद्याेग बाणिज्य संघ बर्दिवासका चौधरी महतोले भने-`यो मधेशको दोश्रो भेंडेटार जस्तै बन्न सक्छ ।´

 

प्रचण्ड गर्मी छल्ने उपयुक्त पर्यटकीय गन्तव्य बनाउन सकिने गतिलो आधार भएता पनि प्रचारप्रसारको अभावमा गुमनाम देखिएको चनौटे डाँडो अथाह पर्यटकीय सम्भावना बोकेर बसेको विविधतायुक्त विशेषताहरुले नै प्रमाणित गर्दछ  ।

 

 `प्रचुर सम्भावनाहरु बाेकेर पनि ओझेलमा परिरहेको छ ।  सोही वडाका वडा अध्यक्ष गोपाल वलले भने- `गर्मी छल्न उच्च पहाडी जिल्लामा जाने तराईवासी र नजिकै सीमाना जोडिएको भारतकाे विहारका मानिसहरुलाई यतै रोक्न सकिन्छ ।´

 

यतिवेला मधेशमा अत्याधिक गर्मी छ । यहाँका मानिसहरु चिसो हावापानीको खोजीमा पहाडी र हिमाली जिल्लाहरुमा जाने क्रम बढेको छ भने नजिकै  सीमाना जोडिएको भारतको विहार प्रदेशका मानिसहरु गर्मी छल्न केहीदिनका लागि भएता पनि  सिन्धुली, रामेछाप, दोलाखा जस्ता जिल्लाहरुमा बाक्लै जाने गरेको तथ्यांकले देखाउछ ।

 

  औपचारिक मापन हुन नसकेता पनि स्थानीयहरु यो ठाउँ  मधेशको नै सर्वोच्च चुरे पहाड भएको दावी गर्छन ।  १० बर्षे जनयुद्ध हुर्काउन उर्वर भूमिको रुपमा प्रयोग भएको यो ठाउँलाई  माओवादीका पूर्व लडाकुहरुले अहिले पनि निक्कै श्रद्धाका साथ लिने गर्दछन्  । यसैकारणले यो ठाउँमा शहीद पार्कको पारम्भिक शिलान्यास गरिएको थियो । जसलाई प्रधानमन्त्री प्रचण्ड स्वयम् पुगेर शिलान्यास गरेका थिए ।

 

स्थानीयका अनुसार विकटताका कारण निर्माण सामाग्री पुर्‍याउन नसक्दा केही योजनाहरुमा अपुरा नै वने ।

 

`नेपालको रुकुम, रोल्पा भनेर चिनिने यो ठाउँ  जत्ति मनोरम छ त्यति नै ऐतिहासिक विरासत समेत वोकेको छ ।´ स्थानीय बिष्णु भण्डारीले भने- `मधेशको छोटो दुरीमा पाईने यो हावापानी वास्तवमा प्राकृतिक वरदान हो ।´

 

भौगोलिक भू-धरातल र फुसका घरहरुले निक्कै विकट लाग्ने यो ठाउँवाट पुरै तराई नियाल्न सकिन्छ । समुन्द्री सतहवाट झण्डै ७ सय मिटर उचाईमा रहेको यो ठाउँलाई कतिपयले प्राकृतिक भ्यू टावर पनि भन्ने गर्दछन् ।

 

स्थानीयका भनाईअनुसार दुई दशक अघिसम्म यहाँ घनावस्ती थियो । विकटता कै कारण मानिसहरु बसाई सरेर कतिपय बर्दिवास पुगे भने कतिपय खयरमारा बजारतिर आएर वसे ।

 

औलो रोगवाट वच्न खयरमाराका मानिसहरु समेत यहीँ डाँडामा आएर बस्ने गरेको स्थानीय काजी वहादुर कार्की वताउछन् ।

 

यहाँवाट गौरीशंकर हिमालदेखि प्रदेशको राजधानी जनकपुरधामसम्म देख्न सकिन्छ भने मधेशका चुरे शृङ्खलाहरुलाई स्पष्ट दृश्यावोलोकन गर्न सकिन्छ । सिन्धुलीको गढी समेत देख्न सकिने यो ठाउँलाई कतिपयले दोश्रो गढीकोरुपमा समेत व्याख्या गर्ने गरेका  छन् ।

 

अचम्मलाग्दो त कहाँनिर छ भने यो ठाउँमा जुनार र सुन्तलाका बोटहरु देखिनु मधेशको लागि सवैभन्दा अनौठो विषय हो । उच्च पहाडी भेगमा पाईने सुन्तला, जुनार पाईनुले पनि यहाँको हावापानीलाई आफै प्रमाणित गर्दछ ।

 

पर्यटकीय गन्तव्यको खोजी अभियान अन्तर्गत बर्दिवास उद्याेग बाणिज्य संघको नेतृत्वमा २०८१ वैशाख २९ गते शनिवार यहाँ पुग्दा धेरै मानिसहरुले चनौटे डाँडालाई मधेशको हिमालको रुपमा चित्रण गरे ।

 

उद्याेग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खड्काले चनौटे डाँडा मधेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य वन्न सक्ने र यसलाई सरोकारवालाहरुको ध्यानाकर्षण हुनुपर्ने वताए ।

 

उनले यो उचाईवाट दृश्यावोलकन गर्न सकिने मधेशका फाँटहरु र चुरे शृङ्खला थप आकर्षण रहेको वताउदै बर्दिवास नगरपालिकाले प्रचारप्रसार र प्रबर्द्धनमा कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।

 

बर्दिवास नगर सांस्कृतिक तथा पर्यटन प्रबर्द्धन समितिले पनि चनौटे डाँडाको विषयमा थप खोज र अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको छ ।

 

समितिका अध्यक्ष हिरा गौतमले मधेश र विहारमा प्रचण्ड गर्मी कारण चिसोको खोजीमा रहेका आन्तरिक र वाह्य पर्यटकको लागि चनौटे डाँडा महत्वपूर्ण रहेको वताउदै यसलाई थप प्रचारप्रसार गर्ने वताए ।

प्रतिकृया दिनुहोस