🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा

महोत्तरी । अवैधानिकरुपमा नदीजन्य  पदार्थ ओसारपसार गरिरहेका टिपरहरुलाई स्थानियहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन । महोत्तरीको बर्दिवास नगरपालिका स्थित  निर्माणधीन रेल्वे स्टेसनमा वुधवार विल र भिसिटिएस विना ओसारपसार गरिरहेका ५ वटा टिपरहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन ।

ना ६ ८०९६, ना १ क ५३२०, ना ६ ख ७५३६, ना १ क ७०६७, ना १ क ९५११ नम्बर प्लेटका टिपरहरुलाई रोकेर कागजपत्र माग्दा देखाउन नसकेपछि नियन्त्रणमा लिएर जिम्मा लगाएको स्थानीय निरज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका टिपरहरुको बिषयमा अनुसन्धान भईरहेको इलाका प्रशासन कार्यालय बर्दिवासले जनाएको छ । 'टिपरहरुको  कागजपत्र नभएको र मापदण्डविपरित ओसारपसार गरिरहेको पाइएको छ ।' इलाका प्रहरी कार्यालय प्रमुख रेवतीरमन पोखरेलले भने । 'आज छुट्टी भएको हुनाले नगरपालिकालाई जिम्मा लगाउन पाइएन ।'

उक्त नदीजन्य पदार्थ काँहावाट उत्त्खनन गरिएको भन्ने समेत खुल्न सकेको छैन । पछिल्लो समय नगर क्षेत्रमा अवैधानिक उत्त्खनन भईरहेको वेला रेल्वेले समेत सोत नै पहिचान नगरी माल खरिद गर्नु गलत भएको भन्दै स्थानियहरुले विरोध गरेका छन ।

स्रोत पहिचान विना नदीजन्य पदार्थ विक्रीवितरण गर्न नपाईने व्यवस्था छ तर क्रसर व्यवसायीहरुले समेत स्टक प्रमाणीकरण नगरी निर्माणाधीन रेल्वे स्टेसनमा वेचिरहेको पाईएको छ । राजस्व छली गरेर खुलेआम नदीजन्य पदार्थ विक्रिवितरण हुदा पनि सरोकारवालाहरू मौन रहेको भन्दै स्थानियहरुले खवरदारी गरेका हुन ।

पछिल्लो दुई दिनमा मात्र ७ वटा मालवाहक टिपरलाई नियन्त्रणमा लिएर प्रहरीले कारवाही प्रक्रिया अगाडी वढाएको छ ।