• शनिबार-श्रावण-१२-२०८१

जुनमा स्टारसिपको चौथो उडान परीक्षण सुरु गर्ने स्पेसएक्सको योजना


लस एन्जलस, १६ जेठ (रासस/सिन्ह्वा) : स्पेसएक्सले नियामक अनुमोदनको लागि बाँकी रहेको जुन ५ सम्ममा आफ्नो विशाल स्टारसिप रकेटको चौथो उडान परीक्षण गर्ने योजना बनाएको कम्पनीले जनाएको छ । उक्त योजना नियामक अनुमोदनका लागि ‘पेन्डिङ’ मा छ । 
           

स्पेसएक्सले मार्चमा स्टारसिपको तेस्रो उडान परीक्षण गरेको थियो, तर कम्पनीले हिन्द महासागरमा आफ्नो योजनाबद्ध स्प्लासडाउन स्थानमा पुग्नुअघि नै गाडीसँग सञ्चार गुमाएको थियो ।

 

स्पेसएक्सले तेस्रो उडान परीक्षणले द्रुत रूपमा भरपर्दो पुनः प्रयोज्य रकेटहरूको भविष्यतर्फ ठूलो प्रगति गरेको जनाएको छ । परीक्षणले अन्तरिक्षबाट पहिलो स्टारसिप पुनःप्रवेश, अन्तरिक्षमा पहिलो पटक स्टारसिपको पेलोड ढोका खोल्ने र बन्द गर्ने तथा सफल प्रोपेलेन्ट स्थानान्तरण प्रदर्शनसहित धेरै रोमाञ्चक कार्यहरू पूरा ग¥यो ।

 

चौथो उडान परीक्षणले कक्षा प्राप्त गर्नेदेखि स्टारसिप र सुपर हेभीको पुनः प्रयोग गर्ने क्षमता प्रदर्शन गर्न केन्द्रित हुने स्पेसएक्सले बताएको छ । प्राथमिक उद्देश्यहरू सुपर हेभी बुस्टरका साथ मेक्सिकोको खाडीमा ल्यान्डिङ बर्न र सफ्ट स्प्ल्यासडाउन कार्यान्वयन गर्ने र स्टारसिपको नियन्त्रित प्रविष्टि प्राप्त गर्ने हो ।

 

उडान–४ ले अघिल्लो उडान परीक्षण जस्तै समान ट्र्याजेक्टोरी उडान गर्नेछ । स्टारसिपलाई हिन्द महासागरमा स्प्लासडाउन गर्न लक्षित छ । स्पेसएक्सको स्टारसिप स्पेसक्राफ्ट र सुपर हेभी रकेटलाई सामूहिक रूपमा स्टारसिप भनेर चिनिन्छ । यसले एक पूर्ण पुनः प्रयोज्य यातायात प्रणाली प्रतिनिधित्व गर्दछ जुन चालक दल र कार्गो दुवैलाई पृथ्वीको कक्षा, चन्द्रमा, मङ्गल र त्यसभन्दा बाहिर लैजान डिजाइन गरिएको हो ।
–––

 

प्रतिकृया दिनुहोस