मिर्गौला मानिसको शरीरको प्रमुख अंग हो । मिर्गौलाले शरीरमा भएको खराब चिजहरु शरीरबाट बाहिर निकाल्न मद्दत गर्दछ । तर केही यस्ता चिजहरु छन् जसले मिर्गाैला पत्थरीको जोखिम बढाउँछ :
–पालकको सागले पत्थरीको खतरा बढाउँछ । यसमा हुने ओक्सालेट्स पत्थरीको कारण बन्न सक्छ ।
–दुग्ध उत्पादनहरु पनि मिर्गाैलाका लागि खराब मानिन्छ । यसमा सोडियम हुने गर्दछ जसले पत्थरीको खतरा बढाउँछ । दुध, दही तथा पनिरजस्ता दुग्ध उत्पादन सेवन गर्दा विचार गर्नुपर्दछ ।
–अधिक नूनको सेवन पनि मिर्गाैलाका लागि घातक हुन्छ । अधिक मात्रामा नून खाने आदत कम गर्नुपर्दछ ।
–चिकेनको सेवनले पनि मिर्गाैलाको पत्थरीको खतरा बढाउँछ । चिकनमा प्रोटिनको मात्रा अधिक हुन्छ, जुन किड्नी स्टोन बन्न सक्छ ।
–मोटोपनले पनि मिर्गाैला पत्थरीको खतरा बढाउने काम गर्छ । यसबाट बच्नका लागि फिट रहन जरुरी छ । (साँघु साप्ताहिक, २०८१ जेठ २८)
प्रतिकृया दिनुहोस