• शनिबार-श्रावण-१२-२०८१

सुनको मूल्य आज पनि स्थिर

 

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यस अघि सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम रहेको छ ।

 

यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस