• शनिबार-श्रावण-१२-२०८१

मिटरब्याज मुद्दा मिलाइदिन्छु भन्दै पैसा लिने भरोसी साह पक्राउ

 

रौतहट, २९ जेठ । मिटर ब्याज अनुचित लेनदेन मुद्दा मिलाउने भन्दै पीडितसँग पैसा लिएका एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका-७ घर भएका हरी साहका ४५ वर्षीय छोरा भरोसी साह रहेका छन् । उनलाई पीडितसँग पैसा लिइरहेकै अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी  प्रवक्ता एवं डीएसपी एलिजा गिरीले बताइन् । आरोपी साहले सिडियो र अन्य कर्मचारीलाई दिनुपर्छ भन्दै पीडितसँग ५० हजार मागेको आरोप छ ।

 

पैसा लिइरहेको सूचनाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान गरी पीडितसँग लिएको पैसा फिर्ता गराएर आरोपीमाथि ठगि सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी कारबाही सुरु गरिएको डीएसपी गिरीले जानकारी दिइन् ।

 

जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराइदिन्छु भन्दै ५० हजार लिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार साँझ ५ बजे उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस