• शनिबार-श्रावण-१२-२०८१

एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला निर्वाचित


काठमाडौँ, २९ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित हुनु भएको छ । उहाँ तीन सय ७० मत प्राप्त गरी निर्वाचित हुनु भएको हो । 


अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गर्नु भएको अधिवेशन आयोजक कमिटीका सदस्य सरस्वति गौतमले जानकारी दिनुभयो । जिल्ला उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव (खुला) मा उद्धव भण्डारी निर्वाचित हुनु भएको छ । 


महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित हुनु भएको छ । यही जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध निर्वाचित चयन भएको थियो । आज ९५ पदका लागि मात्र निर्वाचन भएको हो ।
–––

 

प्रतिकृया दिनुहोस