• शनिबार-श्रावण-१२-२०८१

सरकारको चाहना चिनियाँ पर्यटकको अधिक आगमन  


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले सरकारको चाहना नेपालमा ठूलो संख्यामा चिनियाँ पर्यटक भित्र्याउनु रहेको बताएका छन् । 

 

नेपाल पर्यटन बोर्डमा मंगलबार आयोजित चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपालले व्यापार साझेदारी वृद्धि गर्दै लाखौंको संख्यामा चिनियाँ पर्यटक भित्र्याउन चाहेको बताएका हुन् । नेपाल दुई ठुला छिमेकी मुलुक भारत र चीनका लागि आकर्षक पर्यटकीय गन्तव्य रहेको उनको भनाइ थियो । 

परापूर्वकालदेखि नै प्रगाढ सांस्कृतिक सम्बन्ध रहेको चीन आर्थिक र प्राविधिक हिसाबले नेपालका लागि बलियो साझेदारी रहेको भन्दै मन्त्री तामाङले चीन सरकारलाई सहयोगका लागि धन्यवाद दिए । 

 

उनले भने, ‘नेपालको एक असल छिमेकी र मित्रको नाताले चीनले गरेको विकासले  हाम्रा लागि पनि सकारात्मक र ठूलो अवसर हो । चीन र नेपालबीच सास्कृतिक बाहेक आर्थिक र प्राविधिक सहायताका लागि पनि चीन सरकारलाई हार्दिक धन्यवाद छ । सञ्चार र यातायातको व्यापक विकासले र आजको विश्व भूगोललाई व्यापक बनाएको दृष्टिले चिनियाँ भाषाको सिकाइ महत्वपूर्ण छ । पर्यटनको महत्वपूर्ण बजार चीन पनि हो । चिनियाँ पर्यटक दसौं लाखको संख्यामा भित्र्याउने सरकारको मनशाय छ ।’

 

सरकार र निजी क्षेत्रको सहकार्यमा भाषामा दक्ष टुरिष्ट गाइड उत्पादन गर्न सके नेपालको पर्यटन क्षेत्रलाई आवश्यक जनशक्ति पुरा गर्न सकिने मन्त्री तामाङको भनाइ थियो । 
 

 

प्रतिकृया दिनुहोस