• शनिबार-श्रावण-१२-२०८१

रौतहट प्रहरीद्वारा भारतीय माछा नष्ट

 

रौतहट । तस्करहरुले भारतीय बजारबाट भित्र्याएको बिभिन्न केमिकलयुक्त अबैध माछा रौतहटस्थित प्रहरी गस्ती टोलीले बरामद गरी नष्ट गरेको छ ।

 

इलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरी टोलीले ईशनाथ नगरपालिका १ स्थितमा चेकजाँच गर्ने क्रममा अवैद्य भारतीय माछा बोकेको वीआर ०३० ए बी ३२४८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो । भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको १५० किलोग्राम माछा स्थानीय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटले भारतबाट नेपाल तर्फ केमिकल युक्त माछा ल्याई बिक्री वितरण गर्न रोक लगाएको छ। भारतको आन्ध्र प्रदेशबाट अवैध रूपमा ल्याईने त्यस्तो माछा न बिग्रिन उनीहरूले प्रयोग गर्ने केमिकल मानव स्वास्थको लागि अतिनै हानिकारक हुनेगरेको चिकित्सकहरुको भनाइ रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस