वासिङ्टन, २८ जेठ (रासस/एएफपी) : उत्तरपूर्वी चीनमा हालै चार जना अमेरिकी कलेजका शिक्षकमाथि छुरा प्रहार गरिएको घटनाले अमेरिकालाई ‘गम्भीररूपमा चिन्तित’ बनाएको ह्वाइट हाउसले जनाएको छ ।
“चीनको जिलिन सिटीमा अमेरिकी नागरिकमाथि भएको छुरा प्रहारबाट हामी निकै चिन्तित छौँ”, ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ट्वीटरमा लेख्नुभएको छ, “हाम्रो टोली यी अमेरिकी नागरिक, उनीहरूका आफन्तजन र हाम्रा चिनियाँ समकक्षीहरूसँग सम्पर्कमा रही पीडितहरूको आवश्यकता पूरा भएको सुनिश्चित गर्न उचित कानून प्रवर्तन कदमहरू चालिएका छन् ।”
---
प्रतिकृया दिनुहोस