• बुधबार-कार्तिक-७-२०८१

कम्पनी रजिष्ट्रार कार्यालयको रजिष्ट्रारमा प्रदीप राज अधिकारी

 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयले २०८१ असार ५ गते बुधवारबाट नयाँ रजिष्ट्रार पाएको छ । गएको जेठ १९ गते देखि कार्यालय रजिष्ट्रारविहीन अवस्थामा रहेको थियो । हुलाक विभागको महानिर्देशकबाट सरुवा भएर मन्त्रालयमा भित्रिएका सहसचिव प्रदीप अधिकारीलाई मन्त्रालयले रजिष्ट्रारको जिम्मेवारीमा खटाएको छ ।


सहसचिव अधिकारीले यसअघि पनि डेढ वर्ष जति रजिष्ट्रारको जिम्मेवारीवहन गरिसकेकोले उनी अनुभवी कर्मचारी मानिन्छन् । यही आधारमा मन्त्रालयले उनै अधिकारीलाई कार्यलयको जिम्मेवारीमा खटाएको बुझिएको छ । तर, यस कम्पनी कार्यालयलाई बद्नाम कार्यालयका रुपमा हेरिने गरिएको छ । किनकि नयाँ कम्पनी दर्ता, पुँजी बृद्धि, स्वामित्व हस्तान्तरण, नामासारी, अध्यावधिकलगायतका सेवा प्रवाहका काम कार्यालयले गर्दै आएको छ । यी कार्य गर्दा केही कर्मचारीले सेवाग्राहीसँग हात फैलाउने र नदिएको खण्डमा सहज रुपमा सेवा उपलव्ध नगराउने प्रवृत्तिका कारण कार्यालय नै बद्नाम भएको गुनासाहरु बाहिर आउने गरेका छन् ।


सेवाग्राहीका यीलगायत समस्या हल गर्न अनुभवी भनिएका सहसचिव अधिकारीले कार्यालयलाई कुन ढंगले संचालन गर्नेहुनु र सेवा प्रवाहलाई सहज, चुस्तदुरुस्त र सेवामैत्रीका लागि कसरी सुधार गर्नेहुन् भन्ने कौतुहलता बढेको छ । यतिखेर मुलुकमा आर्थिक संकट बढ्दै जाँदा कम्पनी सम्वन्धी सेवा लिन आउने सेवाग्राहीहरुको चाप पनि निकै कम हुँदै गएको छ । त्यसमाथि पनि अतिरिक्त आम्दानीका लागि कर्मचारीले हात फैलाउँदा सेवाग्राहीहरु निकै मर्कामा पर्दै आएको गुनासो छ । (साँघु साप्ताहिक, २०८१ असार १०)
 

प्रतिकृया दिनुहोस