• बुधबार-कार्तिक-७-२०८१

 फ्याट्टी लिभर भएको अवस्थामा के खाने ? 

 

जंक फुडको अधिक सेवनले फ्याट्टी लिभर (बोसोयुक्त कलेजो) को समस्या सिर्जना हुन सक्छ । यस्तो समस्याबाट बच्नका लागि बिहान केही यस्ता चिजहरु सेवन गर्न सकिन्छ, जसले फ्याट्टी लिभर हुन कम गर्दछ । 


–फ्याट्टी लिभरको समस्यामा बिहान ओखरको सेवन गर्न सकिन्छ । यसमा हुने फाइबरले फ्याट्टी लिभरलाई कम गर्न मद्दत गर्दछ । 


–बिहान उठेर ग्रीन टीको सेवन गर्न सकेमा पनि यसले फाइदा गर्दछ । साथसाथै, ग्रीन टीले पेटको पाचन प्रणाली पनि राम्रो बनाउँदछ । 


–माछामा ओमेगा–३ फ्याट्टी एसिड हुने गर्दछ, जसले कलेजोका समस्याहरु कम गर्न मद्दत गर्दछ । साथसाथै यसले कलेजो सुन्निने समस्या पनि कम गर्दछ । 


–बिहान उठेर एभोकाडो खानु कलेजोको लागि उपयुक्त हुन्छ । यसमा हुने पोषकतत्वले कलेजोलाई सफा राख्न मद्दत गर्दछ । 


–लसुनले कलेजोमा जम्मा भएको फ्याट (चिल्लोपदार्थ) कम गर्न मद्दत गर्दछ । साथसाथै यसले कलेजोलाई सफा पनि राख्दछ । 


फ्याट्टी लिभरको समस्या गम्भीर भएमा चिकित्सकको सल्लाह लिने र सल्लाहअनुसार नै यस्ता चिजहरुको सेवन गर्नुपर्दछ । (साँघु साप्ताहिक, २०८१ असार २४)
 

प्रतिकृया दिनुहोस