• शनिबार-जेठ-१७-२०८२

 राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

 

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ ।


बैठक संघीय संसद सचिवालय सिंहदरबारस्थित कानून न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा दिउँसो सवा १२ बजे बस्नेछ ।

 


बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।


 

प्रतिकृया दिनुहोस