• शुक्रबार-बैशाख-१२-२०८२

गर्मीमा छालालाई जोगाउने यी हुन् पाँच घरेलु उपाय

 

काठमाडौं, २९ चैत । गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ । कडा घाम र प्रदूषणले छालामा धेरै नराम्रो असर गर्छ । जसका कारण छालाको रंग कालो देखिन थाल्छ । टेनिङले छालाको प्राकृतिक चमक पनि कम गर्छ । अनुहारमा नीरसताका कारण आत्मविश्वास पनि कम हुन थाल्छ । यस्तो अवस्थामा गर्मीमा छालाको हेरचाह गर्ने सही दिनचर्या पालना गर्नुहोस् ।

 

कतिपयले टेनिङको समस्याबाट बच्न ब्यूटी क्रिमको प्रयोग गर्छन तर यसमा पाइने केमिकलले छालालाई हानी पुर्‍याउँछ । छालाको टेनिङ हटाउन प्राकृतिक चीजहरू प्रयोग गर्न सक्नुहुन्छ । यसले छालामा कुनै नराम्रो असर पर्दैन । हामी तपाइलाई केही सरल टिप्सहरूका बारेमा जानकारी दिनेछौं ।

 

कागतीको रस


कागती एक प्राकृतिक ब्लीच हो र यसमा भिटामिन सी प्रचुर मात्रामा हुन्छ जसले छालाको सतहबाट मृत कोशिकाहरू हटाउँन मद्धत गर्छ । गुलाब जलमा कागतीको रस मिसाएर लगाउन सक्नुहुन्छ । १० देखि १५ मिनेटपछि मनतातो पानीले अनुहार सफा गर्नुहोस् ।

 

एलोवेरा जेल

एलोभेरा छालाको लागि धेरै लाभदायक छ। यसले छालालाई हाइड्रेट मात्र गर्दैन, टेनिङ पनि कम गर्छ । तपाईंले ताजा एलोवेरा जेल निकालेर छालामा १५–२० मिनेट लगाएर धुनुहोस् ।

 

दही र बेसार

दही र बेसारको फेस प्याक छालाका लागि निकै फाइदाजनक हुन्छ । दहीमा ल्याक्टिक एसिड हुन्छ, जसले छालालाई एक्सफोलिएट गर्छ र बेसारमा एन्टिअक्सिडेन्ट हुन्छ, जसले छालाको रंगलाई सुधार गर्छ । एक चम्चा दहीमा एक चिम्टी बेसार मिसाएर अनुहारमा लगाउनु होस् र १५–२० मिनेटपछि धुनुहोस् । यो प्याकले घामबाट डढेको छालाबाट कालोपन हटाउन मद्दत गर्नेछ ।

 

ओटमिल स्क्रब

ओटमिल एक राम्रो स्क्रब हो, जसले छालालाई गहिरो सफा गर्छ । दूधमा मिसाएर पेस्ट बनाउनुहोस् हल्का मसाज गर्नुहोस् । यसले छालालाई सफा गर्नुका साथै मुलायम पनि बनाउँछ ।

 

टमाटर

टमाटरमा लाइकोपीन हुन्छ, जसले छालालाई सूर्यको किरणबाट हुने क्षतिबाट बचाउँछ । टमाटरको रस छालामा लगाउनाले छालामा चमक आउँछ । यसले छालालाई निकै नरम र चम्किलो पनि बनाउँछ ।
 

 

प्रतिकृया दिनुहोस