काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बइ इन्डियन्स र सनराइजर्स हैदराबाद भिड्दैछन् ।
मुम्बईको वान्खडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । जारी प्रतियोगितामा अहिलेसम्म ६ खेल खेलेको मुम्बई २ मा जित र ४ मा हारसहित ४ अङ्कका साथ सातौं स्थानमा छ ।
समान खेलमा समान अङ्क रहेको हैदराबाद रनरेटका आधारमा तालिकाको नवौं स्थानमा छ ।
प्रतिकृया दिनुहोस