काठमाडौं, ११ बैशाख । मलेरियाको संक्रमण लामखुट्टेको टोकाइबाट हुने गर्दछ । यो एक घातक रोग हो, जसलाई हल्का रूपमा कहिल्यै पनि लिनु हुँदैन । किनभने, यस रोगका कारण हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउँछन् । लामखुट्टे सानो भए पनि यसले मलेरियाजस्ता गम्भीर रोग फैलाउने जोखिम निकै बढाउँछ ।
खासमा पोथी एनोफिलिस लामखुट्टेको टोकाइबाट औलो लाग्ने गर्छ । यदि तपाईं सतर्क हुनुहुन्छ भने तपाईं मलेरिया लामखुट्टेबाट बच्न सक्नुहुन्छ । यस लेखमा हामी तपाईंलाई मलेरिया लामखुट्टे सबैभन्दा सक्रिय हुने समयको बारेमा बताउनेछौं ।
वास्तवमा मलेरिया लामखुट्टेले कुनै पनि समयमा टोक्न सक्छ। तर, मलेरिया फैलाउने लामखुट्टेको प्रकोप भने सूर्यास्त पछि सबैभन्दा बढी हुन्छ । मलेरियाको जिवाणु बोकेको लामखुट्टे सूर्यास्त देखि बिहानसम्म अरू बेला भन्दा धेरै नै सक्रिय हुने गर्दछ । मलेरिया फैलाउने एनोफिलिस लामखुट्टे सूर्यास्तमा सक्रिय हुन्छ । यो विशेष गरी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म बढी सक्रिय हुने गरेको अध्ययनले देखाएको छ । त्यसैले यो समयमा तपाई अरू भन्दा बढी सतर्क हुनु पर्ने हुन्छ ।
मलेरिया रोगको लक्षण
- मलेरियाको अवस्थामा, बिरामीले हात, खुट्टा र जोर्नीहरूमा कडा दुखाइ अनुभव गर्दछ ।
- मलेरिया भएमा आँखाको रंग हल्का पहेँलो हुन्छ ।
- मलेरियाको अवस्थामा, उच्च ज्वरो र टाउको दुखाइ हुन्छ ।
- बिरामीले कमजोरी महसुस गर्छ।
- मलेरियाका कारण शरीरमा रगतको कमी हुन्छ ।
- मलेरिया रोगीलाई धेरै चिसो लाग्छ, जसले गर्दा काँपिन्छ ।
मलेरियाबाट बच्ने उपाय
- मलेरियाको लामखुट्टेबाट बच्न लामखुट्टेको जाली प्रयोग गर्नुपर्छ।
- मलेरिया लामखुट्टे भगाउन कीटनाशक स्प्रे प्रयोग गर्नुपर्छ ।
- शरीर छोपेर राख्नु पर्छ ।
- लामखुट्टेले नटोकोस भनेर फुल बाहुलाको लुगा लगाउनु पर्छ ।
- घर वा वरपर फोहोर पानी जम्मा हुन दिनु हुन्न ।
- यसबाहेक आफ्नो रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउनुहोस् ।
- खानपानमा विशेष ध्यान दिनुहोस् ताकि रोग प्रतिरोधात्मक क्षमता स्वस्थ रहोस्, शरीरले रोगसँग लड्न सकोस् ।
प्रतिकृया दिनुहोस