• शनिबार-बैशाख-१३-२०८२

आगलागीबाट चार वर्षीय बालकको मृत्यु

 

तम्घास (गुल्मी), १२ वैशाख : जिल्लाको धुर्कोट गाउँपालिका–१ मा भएको आगलागीमा परी चार वर्षीय बालकको मृत्यु भएको छ । धुर्कोट–१ आखररुख निवासी गणेश नेपालीको गोठमा आगलागी हुँदा उहाँका चार वर्षीय छोरा विवेक नेपालीको मृत्यु भएको हो । 

 

आज दिउँसो बालबालिका खेल्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । “आगलागीपछि मृतककी दिदी गुहार माग्ने क्रममा भाइ गोठमा लुकेर बसेका रहेछन् । बालक गोठभित्र रहेको जानकारी नपाउँदा निजको मृत्यु भयो”, धुर्कोट–१ का वडाध्यक्ष चेतमान कुँवरले भन्नुभयो ।

 

आगलागीबाट ढुङ्गा, माटोले बनेको दुईतले गोठ जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।  
---

 

 

प्रतिकृया दिनुहोस